
काठमाडौं । पछिल्लो २४ घण्टामा २४०७ जनामा संक्रमण पुष्टि भएको छ । यही अवधिमा थप ३९९४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट १६९४ जना र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो । यसमध्ये भक्तपुरमा ५८ जना, ललितपुरमा ११२ जना र काठमाडौँमा ४८३ जना संक्रमित फेला परेका हुन् ।
यही अवधिमा थप ४६ जनाको मृत्यु भएको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ६८ हजार ९५५ रहेको छ ।