
काठमाडौं : काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईले बताए ।
आइतबारको निर्णय अनुसार होटल रेष्टुरेन्टले अब ‘टेक अवे’ सेवा शुरु गर्न पाउने भएका छन् । अनलाईन मार्फत अर्डर लिएर विहान ७ बजेदेखि टेक अवे सेवा दिन पाउने निर्णय गरिएको छ । त्यस्तै, खाद्यान्न, डिपार्टमेन्ट स्टोर र फलफुल पसल,पुस्तक पसल विहान ११ बजेसम्म खोल्न दिने निर्णय गरिएको छ ।
काठमाडौं उपत्यकामा दिउँसो ४ बजेबाट हार्डवेयर सामाग्री बेच्ने पसल खोल्न दिने निर्णय गरिएको छ । कृषि कार्य सञ्चालन गर्न दिइनेछ भने काठमाडौंमा रहेका विदेशी दूतावासबाट भिसा लिनैपर्ने अवस्थामा रहेका नागरिकलाई उक्त कार्यमा सहजीकरण गरिने बताइएको छ ।