भुटान : भारत र चीनसँग सिमाना जोडिएको भुटान दक्षिण एसियाकै सवैभन्दा कम संक्रमित भएको देश हो । अहिलेसम्म यहाँ एक हजार सात सय २४ जना मात्रै कोरोना संक्रमित छन् । जसमध्ये एक हजार चार सय १६ जना निको भएका छन् । भुटानमा अहिलेसम्म जम्मा एकजनाले मात्रै संक्रमणबाट ज्यान गुमाएका छन् ।

भुटान सरकारले अहिलेसम्म ९० प्रतिशत जनतालाई कोरोनाविरुद्धको दुवै डोज खोप दिइसकेको छ । भुटानले दुई हप्तामै खोप अभियान सकेको थियो । ९० प्रतिशत नागरिकले भ्याक्सिन लगाइसकेका कारण भुटानी सरकारले ‘फ्री मास्क’ घोषणा गरेको छ । ‘फ्री मास्क’ घोषणा गर्ने भुटान विश्वकै पहिलो देश हो । एजेन्सी

प्रतिक्रिया दिनुहोस !