काठमाडौं । विगत केही दिनदेखि नेपालमा कोरोना भाइरसको संक्रमण घट्दै गएको छ । यो संगै मृत्युसंख्या पनि निरन्तर घट्दै छ । यसै अनुसार पछिल्लो २४ घन्टामा देशभर थप २ हजार ९ सय १८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ । त्यस्तै ५१४७ जना संक्रमणमुक्त भएका छन् । यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६५ पुगेको छ।

प्रतिक्रिया दिनुहोस !