युरोकप अन्तर्गत मंगलबार राति पोर्चुगल र हंगेरीबीचको खेलअघि पत्रकार सम्मेलन आयोजना भएको थियो । खेलअघि दुवै टोलीका कप्तान र प्रशिक्षकले आफ्ना भनाइ राख्ने कार्यक्रम तय भएको थियो । प्रोटोकलअनुरूप रोनाल्डो ड्यासमा बसे । उनको अगाडि सानो दुईवटा कोकाकोला र मिनरल वाटरका बोतल थिए । रोनाल्डोले आफ्नो भनाइ राख्नुअघि रिसाउँदै कोकाकोलाका बोतल त्यहाँबाट हटाए । पानीकाे बोतल अघि सारे ।

उनले आफू फिटनेसप्रति सचेत भएकाले कोल्डड्रिंग्सलाई प्राथमिकता नदिएको जनाएका छन् । उनले शरीर राम्रो बनाउने एक मात्र माध्यम सफा पानी भएको प्रतिक्रिया दिएका थिए । रोनाल्डोको यस्तो प्रतिक्रिया तथा कोक कम्पनीप्रतिको नजरले एकै दिनमा आमूल परिवर्तन भयो । बुधबार अन्तर्राष्ट्रिय बजार खुला हुँदा कोकाकोलाको सेयर भाउ १.६ प्रतिशतले घटेको छ ।

जसका कारण कोकले एकै दिन चार अर्ब डलर घाटा व्यहाेरेको छ । सेयर बजारमा कोकाकोलाको प्रतिकित्ता ५६.१० बाट ५५.२२ डलरमा झरेको छ । यसैबीच अस्ट्रेलियन एसोसिएट प्रेसले सेयर बजारमा कोकाकोलाको मार्केट भ्यालु पनि घटेको जनाएको छ ।

युरोकपमा रोनाल्डोले सबै अन्तर्राष्ट्रिय मिडियाअगाडि कोकाकोलालाई ब्रान्डिङ नगर्दा बुधबार यसको मार्केट भ्यालु २४२ बाट २३८ डलरमा झरेको छ । युरोकप ११ देशका ११ सहरमा आयोजना भइरहेको छ । कोकाकोला प्रतियोगिताको मुख्य अफिसियल पार्टनर पनि हो ।

प्रतिक्रिया दिनुहोस !