काठमाडौं । पछिल्लो २४ घण्टामा २६०७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार १४१ जना निको भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ३९ जनाले ज्यान गुमाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७७११ जनामा भएको पीसीआर परीक्षणमा १७६८ र ४७७३ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८३९ गरी २६०७ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै देशभर कोरोना संक्रमितको संख्या ६ लाख १५ हजार ९८४ (पीसीआर) र २४ हजार ५६ (एन्टिजेन विधिबाट) पुगेको छ ।