काठमाडौं । आजसम्मको कोरोना भाइरस संक्रमणको स्थिति हेर्दा बैशाख १६ गते भन्दा कम भएको छ । बैशाख १६ गते देखि नेपालका धेरै जसो जिल्लामा निषेधाज्ञा गरिएको थियो । आज निषेधाज्ञा गर्नुभन्दा अघिल्ला दिनमा भन्दा पनि कम संक्रमित र मृत्यु भएको छ । पछिल्लो २४ घण्टा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६६० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना जितेर घर फर्किनेको सङ्ख्या पाँच लाख ५३ हजार ३४२ पुगेको छ । कारोना निको भएको दर ८९ दशमलव ३ प्रतिशत रहेको छ । यस्तै गत २४ घण्टामा थप ३४ जनाको मृत्यु भएसँगै कुल मृतकको सङ्ख्या आठ हजार ६५७ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !