काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २३२८ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १३३ जनाको परीक्षण हुँदा २३२८ जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै सोही अवधिमा ३०६६ जना संक्रमण मुक्त भएको मन्त्रालयले शनिबार जानकारी दिएको छ । यस्तै १९ जनाको मृत्यु भएको छ । यससँगै देशभर कोरोना संक्रमित मृतकको कुल संख्या ९ हजार १९८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस !