काठमाडौं । जुन काममा युवाको संलग्नता हुन्छ, त्यो सफल हुन्छ, समाजसेवा होस वा राजनीति, स्वदेशमा होस वा विदेशमा । झन राजनीतिमा युवाको संलग्नता भयो भने राजनीतिले थप उचाइँ हासिल गर्छ । यस्तै उचाइँ हासिल गर्नका लागि एनआरएनए अस्ट्रेलियाको चुनाबमा एनएसडब्लुको प्रदेश सहसचिवको पदका लागि उमेदवारी दिएका छन् राकेश जोशीले । भोलि शनिबार अर्थात् ३१ जुलाईमा हुन गईरहेको चुनावमा जोशीले उमेदवार दिएका हुन् । तर यो चुनाव कोभिड १९ को प्रकोपले गर्दा अनलाईन मार्फत हुने भएको छ ।

समाजसेवी राकेश जोशी सबै एनआरएनए अस्ट्रेलियाका लागि परिचित नाम हो । बिभिन्न सामाजिक काममा संलग्न जोशीले सन् २०१४ देखि अस्ट्रेलियामा आइटि र इभेन्ट गर्दै आइरहेका छन् । उनी भूकम्प, भूकम्पको रिकभरी, कोभिडको महामारी र नेपालमा भइरहेको बाढी, पहिरो जस्ता विभिन्न प्राकृतिक प्रकोपहरूको समयमा समुदाय र सामाजिक कार्यहरूमा संलग्न छन् । साथै स्थानीय समुदाय र विद्यार्थी कल्याणमा समेत जोशी संलग्न छन । उनले अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई मानसिक स्वास्थ्य र शैक्षिक प्रश्नहरूको लागि समर्थन गर्दै आएका छन् ।

उनका इभेन्टहरूमा स्थानीय एमपीको संलग्नता देखिन्छ । जसले अस्ट्रेलिया र नेपाल बीचको सम्बन्ध बलियो बनाउन मद्दत पुर्याउँछ । युवा उद्यमशीलत, पदोन्नति, अष्ट्रेलियामा नेपाली संस्कृतिको प्रवर्धन, एनआरएनए आन्दोलनमा नेपालीको संलग्नता बढाउने, अस्ट्रेलिया र नेपाल दुवैमा सामाजिक कामको विकास र व्यवस्थापनमा राम्रो भूमिका खेल्ने गरेका छन् ।

मुख्यतः नेपाली समुदायमा केन्द्रित, अस्ट्रेलियामा नेपालीहरूलाई ज्ञान, स्रोत र अनुभव उपयोग गर्न सहयोग पुर्याउन राम्रो मार्गदर्शन प्रदान गर्ने, दोस्रो पुस्ताका नेपाली अस्ट्रेलियालाई नेपाल र नेपाली संस्कृतिहरूको साथ सामाजिक घटनाहरू आयोजना गरेर कनेक्ट गराउने, अष्ट्रेलियामा योगदान प्रदर्शन गर्न सामाजिक संगठनको साथ काम गर्ने, सामाजिक, संगठनात्मक र सामुदायिक प्रतिबद्धताहरू जोशीले आफ्नो कार्यकालको अवधिमा पूरा गर्ने प्रतिबद्धता जनाएका छन् ।

“साझा एनआरएनए” वास्तबमै हामी सबैको साझा अभियान हो र “सबल एनआरएनए” को प्रमूख आधार भनेकै यो अभियानलाई थप संस्थागत गर्दै समुदायका सबैलाई अपनत्व प्रदान गर्ने हो । यसका लागि हामी सबै मिलेर काम गर्न प्रतिबद्व छौं । एनआरएनए अभियानमा रहेर समुदायको सेवा गर्ने मेरो उत्कर्ष चाहनालाई साकार पार्न हजूरहरू सबैको सल्लाह, सद्भाव र अमूल्य मतको अपेक्षा गरेको छु, टेलिफोन मार्फत सह- सचिबका उम्मेदवार राकेश जोशीले समावेशी अनलाइनसंग भने ।

प्रतिक्रिया दिनुहोस !