काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै छ । आज दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने बैठक मन्त्री छनोटका विषयमा केन्द्रित हुने थाहा भएको छ । काँग्रेस, माओवादी, एमाले माधव समूह, जसपा र जनर्मोचाको समर्थनमा २९ असारमा प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अहिलेसम्म मन्त्रिपरिषललाई पूर्णता दिन सकेका छैनन् ।

नेकपा माओवादी केन्द्रको आइतबार बसेको स्थायी कमिटीले पार्टीको सांगठनिक गतिविधिबारे निर्णय गरेको थियो । आजको बैठकबाट देउवा सरकारमा पठाउने मन्त्रीको टुंगो लाग्ने अनुमान छ ।

माओवादीबाट मन्त्रीका लागि हरिबोल गजुरेल, देवेन्द्र पौडेल, जयपुरी घर्ती, हरिराज अधिकारी, देवप्रसाद गुरुङ, मातृका यादव, अञ्जना विशंखे, शशी श्रेष्ठ, सुदन किराती, अमनलाल मोदी, शिवकुमार मण्डल लगायतको नाम चर्चामा छ । आकांक्षी धेरै देखिएपछि माओवादीमा मन्त्री छान्न सकस परेको छ ।

प्रतिक्रिया दिनुहोस !