काठमाडौँ : लिभिङ आइसिटीले आयोजना गरेको माइ सेकेन्ड टिचर ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ प्रतियोगिताका विजेताहरुको घोषणा गरिएको छ । शुक्रबार सोल्टी होटलमा आयोजना भएको विशेष कार्यक्रममा विजेताहरुलाई पुरस्कार प्रदान गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार सेन्टजेभियर्स कलेज, माइतिघरमा १२ कक्षामा अध्ययनरत नेहा गिरीले हात पारेकी छन् ।

उनले ‘मेरो डिजिटल नपाल, मेरो परिकल्पना’ शीर्षकको निबन्ध प्रतियोगिताको सर्वोकृष्ट रचना हुदै एक लाख रुपैया जितेकी हुन् ।

दोस्रो हुनेमा बगंगलामुखी राधाकृष्ण थारु उच्च माध्यमिक विद्यालय गुलेरिया–६ बर्दियामा कक्षा १० मा अध्ययनरत प्रश्ना सुवेदी र रत्न राज्य माध्यमकि विद्यालय, बानेश्वरबाट यसवर्ष एसइई दिएका ऋदम भेटवाल रहेकी छन् । प्रश्नाले ‘पूरा होस् मेरो सपना ः डिजिटल नेपालको’ शीर्षकमा कविता लेखेकी थिइन भने ऋदमले ‘मेरो सपनाको डिजिटल नेपाल’ निबन्ध लेखेकी थिइन । उनीहरुले जनही ५० हजार नगद पुरस्कार पाएका छन् ।

तेस्रो हुने चार जनामा मनकामना माध्यमिक विद्यालय बिर्तामोड, झापाबाट एसइई दिएका असिम डंगोल, त्रि–पद्म विद्याश्रम माध्यमिक विद्यालय पुल्चोक, ललितपुरबाट एसईई दिएका अनिश श्रेष्ठ, बुढानिलकण्ठ स्कुल, काठमाडौंमा कक्षा १० मा अध्ययनरत उद्धव ठाकुर र बृहस्पति विद्यासदन, नक्साल काठमाडौंमा कक्षा ७ मा अध्ययनरत विशेष्ता चौधरी रहेका छन् ।

असिमले ‘डिजिटल नेपाल ः एक अमुक सपना’ शीर्षकको कविता लेखेका थिए भने अनिषले ‘सुन्दर शान्त विशाल, मेरो परिकल्पनाको डिजिटल नेपाल’ शीर्षकको भिडियो प्रिजेन्टेशन बनाएका थिए । त्यस्तै, उद्धवले ‘वे टु डिजिटल नेपाल’ शीर्षकको निबन्ध र विशेष्ताले ‘माइ डिजिटल नेपाल’ थिममा आर्ट गरेकी थिइन ।

तेर्सो हुने सबै जनाले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

त्यसैगरी, प्रतियोगितामा विद्यार्थीको एक समूहले ‘डिजिटल र समृद्ध नेपाल’ शीर्षकको फ्रेमवर्क तयार गरेका थिए । इभ्यालुएसन प्यानलले यस फ्रेमवर्कलाई विशेष सम्मान गर्ने निर्णय स्वरुप काठमाडौं मोडल सेकेन्डरी स्कुल, बागबजारका प्रशन्नकुमार रेग्मी, शशांक न्यौपाने, आर्या प्रसाँई र अमिम सिंहलाई ‘स्पेसल मेन्सन पुरस्कार’बाट सम्मानित गरिएको छ । उनीहरुले ५१ हजार एक सय ५१ रुपैयाँ राशीको विशेष पुरस्कार हात पारेका छन् ।

नेपालमै पहिलो पटक सूचना तथा सञ्चार प्रविधिका विषयमा नयाँ पुस्तालाई जागरुक गर्ने उद्देश्यले ‘मेरो डिजिटल नेपाल, मेरो परिकल्पना’ शीर्षकमा गत असार १ गतेदेखि असार ३१ गतेसम्म उक्त प्रतियोगितामा भाग लिन आह्वान गरिएको थियो । प्रतियोगितामा निवन्ध, कविता, लेख, चित्र, वक्तृत्व, भिडियो प्रिजेन्टेशन मार्फत ३५० बढीको सोच तथा परिकल्पना प्राप्त भएका थिए ।

लिभिङ विथ आइसिटीले आयोजना गरेको यस कार्यक्रममा माई सेकेण्ड टिचर मुख्य प्रायोजकको रूपमा रहेको छ भने पावर्ड बाई पार्टनरमा जेनेस सोलुसन, बैकिङ पार्टनरमा एनआइसी एसिया बैंक, पेमेन्ट पार्टनर प्रभु पे, नलेज पार्टनर एसीसीए, प्रविधि पार्टनरमा फ्युज मेशिन्स र इन्टरनेट पार्टनरमा डिशहोम फाइबरनेट रहेका छन ।

त्यस्तै नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दुरसञ्चार प्राधिकरण, नेपाल उद्योग वाणिज्य महासंघ, क्यान महासंघ, प्याब्सन, वुमन इन आइटी, नेपाली पात्रो, आइसिटी समाचार लगायतको सहयोग रहेको थियो । विद्यार्थीका उत्कृष्ट रचना तथा सोच लिभिङ विथ आइसिटी म्यागजिन र आइसिटी समाचार डटकममा क्रमशः प्रकाशन गरिनेछ ।

प्रतिक्रिया दिनुहोस !