गाेरखा । गण्डकी प्रदेशका पालिकाहरु मध्ये गाेरखा जिल्लाकाे शहिदलखन गाउँपालिका बेरुजु कम हुनेमा प्रथम भएकाे छ । नेपालभरीका पालिकाहरुमा भने चाैँथाे स्थानमा रहेकाे छ । पहिलाे स्थानमा शिवसताक्षि गाउँपालिका झापा बेरुजु प्रतिशत ०‍‍.०६ दाेस्राेमा पाथिभरा याङवरक गाउँपालिका ताप्लेजुङ ०‍‍.०७ र तेश्राेमा सिरिजँगा गाउँपालिका ताप्लेजुङ ०‍‍.०७ प्रतिशत रहेका छन् ।

शहिदलखन गाउँपालिकाकाे वेरुजु प्रतिशत भने ०‍‍.१० प्रतिशत रहेकाे छु । फस्याैट गर्नुपर्ने कुल रकमका आधारमा बेरुजु प्रतिशत निकालिएकाे हाे । रकमका आधारमा सबै भन्दा कम पाथिभरा गाउँपालिकाकाे रु पाँच लाख पाँच हजार रहेकाे छ । त्रिजँगा ६ लाख ३१ हजार र शहिलखन ८ लाख ६८ हजार रहेकाे छ ।प्रदे्शमा शहिलखन गाउँपालिका पहिलाे कम बेरुजु देखिने पालिकामा दर्ज भएकाे छ । दाेश्राेमा लाे घेकर दामाेदरकुण्ड गाउँपालिका मुस्ताङ ०‍‍.१२ प्रतिशत तेश्राेमा पैयुँ गाउँपालिका पर्वत ०‍‍.३२ र चाैँथाेमा माेदी गाउँपालिका ०‍‍.३८ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा गोरखाको स्थानीयतहहरुको बेरुजु झण्डै साढे २३ करोड देखिएको हाे । महालेखा परीक्षकको कार्यालयले शुक्रबार सार्वजनिक गरेको ५८ औँ वार्षिक प्रतिवेदनअनुसार जिल्लाका ११ वटा स्थानीय तहले २३ करोड ५३ लाख ८६ हजार रुपैयाँ अनुशासन विपरीत खर्च गरेको उल्लेख छ । जिल्लाका ११ स्थानीय तहको १० अर्ब ७५ करोड ३३ लाख ५४ हजारको लेखापरीक्षण गर्दा २.१८ प्रतिशत बेरुजु देखिएको हो।

प्रतिक्रिया दिनुहोस !