काठमाडौं । अफगानिस्तानको कावुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमास्थलमा विस्फोट हुँदा अमेरिकी सैनिकसहित ६० भन्दा बढीको मृत्यु भएको छ । बिहीवार बेलुका भएको उक्त बम विस्फोटमा १३ अमेरिकी सैनिकसहित ८० भन्दा बढीको ज्यान गएको बीबीसीले जनाएको छ ।
विमानस्थलमा अमेरिकी सेनाले उद्धार कार्य जारी राखेका बेला उक्त विस्फोट गरिएको थियो । विस्फोटमा आफ्ना सैनिक मारिएपनि अमेरिकाले उद्धारको कार्य भने नरोकिने जनाएको छ । सुरुमा विमानस्थलको गेटमा आक्रमण गरिएको थियो । जहाँ अमेरिकी र ब्रिटिश सेनाले मानिहरुलाई विमानस्थल जान आवस्यक प्रक्रिया पूरा गर्दै थिए । बीबीसीले जनाएको छ ।
सन् २०११ यता अफगानिस्तानमा अमेरिकी सेनामाथि भएको सबैभन्दा ठूलो हमला हो । सन् २०११ को अगस्तमा टांगी उपत्यकामा अमेरिकी सेना चढेको हेलिकप्टरलाई तालिवानले खसाल्दा ६० जना सैनिकको मृत्यु भएको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले काबुल घटनाका दोषीमाथि बदला लिने चेतावनी दिएका छन् । ‘हामी माफी दिने छैनौ । हामी बिर्सने छैनौँ उनले भने ।photo-Xinhua