काठमाडौं । लामो समयदेखि नेपालमा टेलिभिजन पत्रकारिता गरेका किरण मरहठ्ठाले अमेरिकामा अनलाइन टेलिभिजन संचालन गर्ने भएका छन् । विगत केही वर्षदेखि अमेरिकामा बसेका मरहठ्ठाले अमेरिकामा पनि पत्रकारिता गर्दै आएका थिए ।

टेलिभिजन पत्रकारितामा अब्बल कहलिएका किरण नेपाल अमेरिका पत्रकार संघ (नेजा) का निवर्तमान महासचिव हुन् । चितवनको कालिका नगरपालिका निवासी किरण मरहठ्ठाको नेतृत्वमा हाल परिक्षण प्रसारणमा रहेको अनलाइन टेलिभिजन टिभी सन्डे (tv sunday) को ज्याक्सन हाइटमा आइतबार, २९ अगष्ट २०२१ मा औपचारिक रुपमा उद्घाटन हुन लागेको छ ।

समावेशी मासिक तथा अनलाइनका समेत अमेरिकाका प्रतिनिधि किरण मृदुभाषी, सहयोगी र निकै परिश्रमी पनि छन् । अमेरिकामा निकै लोकप्रिय बन्दै गरेका किरणले संचालनमा ल्याउन लागेका टिभी सन्डेलाई समावेशी अनलाइनको तर्फबाट शुभकामना ।

प्रतिक्रिया दिनुहोस !