न्यूयोर्क : साउथ एशिएन-अमेरिकन समुदायलाई अमेरिकन मूलधारसंग निकट गराउने उद्देश्यले स्थापित भएको टिभी सन्डेको आइतबार न्यूयोर्कमा उदघाटन भएको छ । न्यूर्योक डिष्टिक ३८ का एसेम्बलीवेमेन जेनिफर राजकुमार र न्युयोर्कका नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले संयुक्त रुपमा उद्घाटन भएको कार्यक्रममा अमेरिकन समुदायका नेपाली अगुवा, उद्योगी व्यवसायी, पत्रकार लगायतको उपस्थिति थियो ।

अमेरिकालाइ विश्वकै विविधता भएको मुलुक मानिन्छ, टिभी सन्डेले यहि बिविधतालाई समेटेर विश्वभर पुर्याउने लक्ष लिएको छ । “बिभिन्न समुदायको मौलिक पहिचानलाइ प्रवर्धन गर्दै अमेरिकी मुलधारको सामाजिक एवं राजनीतिक गतिबिधिमा आप्रवासी समुदायलाई प्रोत्साहन गर्ने हाम्रो मुल उद्देश्य हो” टिभीका प्रधान सम्पादक तथा प्रस्तोता किरण मरहठ्ठाले भने ।

प्रमुख अतिथि जेनिफर राजकुमारले टिभी सन्डेले मुलधारको मिडिया सरह सफलता पाउने कुरामा आफु विश्वस्त रहेको र यसका लागी आफुले सकेको सहयोग गर्ने बचन दिनुभयो । “टिभी सन्डे सबै न्यूर्योकवासीले गर्व गर्ने मिडिया बन्ने मेरो विश्वास छ” उनले भनिन् । नेपाली महाबाणिज्यदूत बिष्णुप्रसाद गौतमले नेपाली समुदायको गतिबिधिलाई अन्तर्राष्ट्र्रिय समुदाय माझ लैजान टिभी सन्डेको योगदान रहने विश्वास व्यक्त गर्नुभयो । “नेपाली मिडियाकर्मीहरुको यो प्रयासलाइ म पूणर् सहयोग गर्न तयार छु” वहाँले भन्नु भयो ।

न्यूर्योकको फोरेष्ट हिलटावरमा स्टुडियो रहेको टिभि सन्डेको लण्डन, दोहा, मेलबर्न र काठमाडौंमा व्युरो कार्यालय छन् । शुरुमा दैनिक २ घण्टा कार्यक्रम प्रशारण गर्ने र समयक्रममा बढाउदै लैजाने छ । हाल वेभ स्टिमीगं मार्फत प्रशारण गर्ने र केहि समय पछि केबुलमार्फत प्रशारण गरिने लक्ष्य रहेको मरहठ्ठाले जानकारी दिनुभयो ।

कार्यक्रममा डेमोक्रेटिक पार्टी नेताहरु, शेखर कृष्णन, क्यारोलिनी ट्रान, इनग्रिड गोमेज, जर्ज ओनोरा, सुरज जसवाल, नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य तथा जनसंपर्क समिति अमेरिका सभापति आनन्द बिष्ट, नेपाली अवैतनिक महाबाणिज्यदूत प्रेमराज महत, राप्रपा महामन्त्री प्रेम श्रेष्ठ, एनआरएनए एनसिसि अमेरिकाका बरिष्ठ उपाध्यक्ष कृष्णजीवि पन्थ, उपाध्यक्ष दिलु पराजुली,महासचिव अन्जन कुमार चौलागाई, फिप्नाका अध्यक्ष लोक चेम्जोगं, एनआरएनए अमेरिकाका पुर्वअध्यक्ष खगेन्द्र जिसी, कानून व्यवसायी बासदेवु फुलारा, जिपी कोइराला फाउन्डेसनका अध्यक्ष सोमनाथ धिमिरे, ओएनएफका सचिव कृष्ण लामिछाने न्यूयोर्क पोलिटिकल कोलिसनकी अध्यक्ष इनुस इकवानी, लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !