काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) मा दक्षिण कोरिया निवासी जुनु गुरुङले महिला संयोजकमा उमेद्वारी घोषणा गरेकी छिन् । दक्षिण कोरियामा महिलाहरूको संस्था women for women को अध्यक्ष जिम्मेवारी बहन गरी कोरियामा सामाजिक कार्यमा अग्रणी भूमिका खेलीसकेकी गुरुङ कोरियामा स्थापित दर्जनौ संघ संस्थाका संरक्षक र सल्लाहाकार समेत छिन् । उनलाई कोरियन सरकारले मानार्थ नागरिकता समेत दिएको छ ।
विगतमा अन्तर्राष्ट्रिय समन्वय समिति एशिया तथा प्रशान्त क्षेत्रको क्षेत्रीय महिला संयोजक( २०१७-२०१९) तथा मानार्थ परिषद सदस्य (२०१९-२०२१) हुदै गैरआवासीय नेपाली संघका विभिन्न जिम्मेवारीमा रहेर सफलतापूर्वक कार्य सम्पन्न गरेकी छिन् ।

उनले महिला संयोजक हुँदा एशियाका ९ वटा देशका एनआरएनए एनसीसीहरुमा नै महिला फोरम गठन गरेर सो क्षेत्रमा महिलाहरुलाई सक्रिय बनाएकी थिइन । अब एनआरएनमा महिला सांगठनिक सुदृढीकरण, एनआरएनमा महिला समावेशी, एनआरएनमा महिला नेतृत्व बिकास, एनआरएनमा महिला सशक्तिकरण र एनआरएनमा महिला उधमशिलता लगाएत ५ मुख्य एजेन्डा र अहिले मुख्य आवश्यकता रहेको समावेशी अनलाइनसंगको भेटमा बताइन । महिलाहरूको हकहितको आवाज सशक्त रुपमा उठाउन, महिलाहरूको आर्थिक तथा व्यवसायिक जीवन बलियो बनाउनका लागि एवम् महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितताको लागि मेरो उम्मेदवारी रहेको छ ।’ उनले बताइन ।

कोरियामा काम गर्ने अधिकांस नेपालीहरुमा डिप्रेसन सम्वधित रोग बढेको र यसलाई न्युनिकरणका लागी चिकित्सक सहित विभिन्न समय हेल्थ क्याप उनकै पहलमा सुरु गरेकी थिईन् । गैरकानुनी रुपमा काम गर्ने नेपालीहरु समस्या पर्दा उद्दार, पुनः स्थापनाको काममा समेत उनी सक्रिय छिन् । कोरियामा रेष्टुरेन्ट क्षेत्रमा लगानी गरेकी उनको नेपालमा जलविद्युत, शिक्षा क्षेत्रमा लगानी छ ।

जुनु गुरुङका यस्ता छन् प्रतिबद्धता

१) महिलाहरूको स्वास्थ्य र शिक्षाको क्षेत्रमा बिशेष अबसर र अधिकारको सुनिश्चितता एवम् एनआरएनए आइसिसीमा महिला नेत्रृत्वको लागि बिशेष पहल गर्ने ।
२) मजदुर मैत्री एनआरएनए बनाउन पहल गर्ने ।
३) एशिया प्यासिफिक क्षेत्र एबं मिडल ईस्टमा मजदुर तथा महिलाहरूको दर्दनाक समस्याहरूलाई समाधान एंव न्यूनिकरण गर्नको लागि बिशेष पहल गर्ने ।
४) विश्वब्यापी महिलाहरुको सञ्जाल विस्तार गरी केन्द्रीय महिला फोरमले ल्याएको एजेन्डाहरू पुरा गर्न सक्रिय रूपमा पहल कदमी गर्ने ।
५) एनआरएनमा सवै वर्गको प्रतिनिधित्वको सुनिश्चितताको लागि पहल कदमी गर्ने।
६)बिभिन्न बैदेसिक लगानीलाई नेपाल भित्राउन पुलको काम गर्ने एवम् स्वास्थ्य नै धन हो भन्ने कुरालाई सिरोपर गरी कठमाडौंको प्रदुषणलाई केहि हदसम्म भए पनि कम गर्नको लागि अन्तर्राष्ट्रिय वातावरण संरक्षण संघ संस्थाहरूसँग सम्वन्वय गरी बिशेष अभियान सञ्चालन गर्ने ।
७) एसिया तथा मिडलइष्टमा महिला समस्या बढि छ त्यसलाई समाधान गर्ने पहल गर्ने ।

प्रतिक्रिया दिनुहोस !