– जेलैमा हो जेलैमा चरी जेलैमा
मै छोरी रुँदैरुँदै बेसी मेलैमा –

विष्णु माझीले गाएको चरी जेलैमा भन्ने तीजको गीत सार्वजनिक भएको दुई हप्तामा एक करोड ३५ लाख भ्युज पुगिसकेको छ । यो गीत दैनिक १० लाख भन्दा बढीले हेर्ने र सुन्ने गरेका छन् । थोरै दिनमा यतिधेरै भ्युज भएको संभवतः यही गीत हो । यो गीत टिकटकमा समेत भाइरल भइरहेको छ । उनको यो भन्दा पहिला सालको पातको टपरी हुने भन्ने गीतले लोकगीतको इतिहासमै सबैभन्दा बढी पटक हेरिएको गीतको रेकर्ड बनाएको थियो ।

बिहे गरेर गएकी छोरीले माइती सम्झेर गाएको गीतमा महिलाको वेदना पोखिएको छ । गीत तीजको सन्दर्भमा निकालिएको हा े। सामाजिक सञ्जालमा गीतले बहस पनि छेडेको छ । कतिपय शहरका महिलाको लागि यो गीत सान्दर्भिक नभएको टिप्पणी गरेपनि नेपालको अधिकांश ग्रामीण महिलाहरुले भोगेको पीडालाई गीतले समेटेको छ ।

‘सपना म्युजिक इन्ड्रस्ट्रिज’ नामक युट्युब च्यानलमार्फत् सार्वजनिक गीतको कोरसमा गायिका विष्णुलाई महिमा आचार्यले साथ दिएकी छन् । यस गीतमा ललिता पौडेयालको नृत्य अभिनय छ । यस गीतमा विष्णुका श्रीमान सुन्दरमणि अधिकारीको शब्द-संगीत छ । माझीले गाएका दर्जन गीतहरु करोड भ्यूज नाघेका छन् ।

प्रतिक्रिया दिनुहोस !