लिमा । पेरु कम्युनिस्ट पार्टी (साइनिङ पाथ) का अध्यक्ष क. गोञ्जालोको आज मृत्यू भएको खबर छ । सन् १९९२ मा राजधानी लिमाबाट गिरफ्तारीमा परेका गोञ्जालोलाई त्यहाँको फुजिमोरो सत्ताले आजीवन कारागारको सजाय सुनाइएको थियो । पेरु आयाकुचो सान कृस्टोबल डि हुआमाङ्गा न्यासनल युनिभर्सिटी दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालो विगत २९ वर्षदेखि जेलमा थिए । छाला क्यान्सरका बिरामी ८६ वर्षीय गोन्जालोलाई पेरुको नौसेना आधार इलाकामा रहेकोे कालाओ जेलको पिँजडाघरमा सेप्टेम्बर १२, १९९२ देखि कैदी नम्बर १५०९ को बन्दी बनाएर राखिएको थियो ।

पेरुमा जनयुद्ध सन १९८० देखि १९९९ सम्म चलेको थियो । यो अवधिमा पेरुमा २,९०० सशस्त्र कार्यवाही भए । ४३,००० मानिसहरूको जनयुद्धमा ज्यान गयो भने २६,२५९ लाई बेपत्ता पारियो । सन १९८५-९० मा पेरुको ३२ प्रतिशत भूभाग र ४९ प्रतिशत जनता साइनिङपाथको नियन्त्रणमा थियो र यो समयलाई रणनीतिक सन्तुलन भनियो । सन १९८८ मा पेरु कम्युनिस्ट पार्टी साइनिङपाथको पहिलो महाधिवेशन भएको थियो जुन महाधिवेशनबाट गोन्जालो विचारको प्रादुर्भाव भयो । महाधिवेशनको लगत्तै पछि गोन्जालोले एल डायरियो पत्रिकामार्फत एउटा लामो अन्तर्वार्ता दिएका थिए, जुन विश्वभरि चर्चित बन्यो । गोन्जालोको एल डायरियोको अन्तर्वार्ता नेपालीमा अनुवाद भयो, पेरुमा जनयुद्ध भन्ने पुस्तक नै प्रकाशित भयो, कैदी नम्बर १५०९ भनेर कथा, कविता र गीतहरू लेखिए ।

प्रतिक्रिया दिनुहोस !