काठमाडौैं । सिजन मिडियाले आफ्नो १३ औं स्थापना र संविधान दिवस २०७८ को अवसरमा नेपालका विभिन्न क्षेत्रमा योगदान गर्नेहरुलाई अवार्ड तथा सम्मान गर्दै छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा एक कार्यक्रममा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट विभिन्न विधाका ३१ जनालाई अवार्ड तथा सम्मान गर्ने सिजन मिडियाको अध्यक्ष प्रदिपराज वन्तले बताए ।

सन् २०१९ मा दुबईमा पहिलो संस्करण सम्पन्न भएको नेसनल प्राफेसनल अचिभमेन्ट अवार्डको दोस्रो संस्करण कोभिडका कारण बाह्य मुलुकमा असहज भएकाले नेपालमै आयोजना गरिएको उनले बताए । ‘सामाजिक, साँस्कृतिक, शैक्षिक र व्यवसायिक क्षेत्रमा दशकौंदेखि काम गरी सफल भएका व्यक्तित्वहरुलाई हौसला जगाउन अवार्ड कार्यक्रम आयोजना गरिएको हो,’ उनले भने ‘एकातर्फ कोभिडका कारण कुनै गतिविधि नै भएका छैनन् र यसप्रकारको सम्मान कार्यक्रमले सकारात्मक सन्देश प्रवाह गर्ने छ भन्ने विश्वास लिएका छौं ।’

कार्यक्रमबाट नेसनल प्रोफेसन अचिभमेन्ट अवार्ड स्पेसल बैंकिङ अनर अवार्डबाट सिभिल मर्चेन्टका पूर्व सिइओ तथा राष्ट्रिय वाणिज्य सहकारी संस्थाका अध्यक्ष जयेन्द्रलाल श्रेष्ठ, पत्रकारिता क्षेत्रमा आफ्नो बेग्लै पहिचान स्थापित गर्न सफल वरिष्ठ पत्रकार किशोर श्रेष्ठलाई स्पेसल अनर जर्नालिज्म अवार्ड दिने कार्यक्रम रहेको छ । मस्ट इन्स्पाइरिङ एन्ड इन्फुलियन्स वुमन अवार्डबाट महिला उद्यमी भवानी राणा, नेपाली चलचित्र क्षेत्रका अभिनेता, निर्देशक, निर्माता आकाश अधिकारी मल्टी डिस्पलनरी इन सिनेमा इन्डष्ट्री अवार्ड पाउने भएका छन् । अन्य विभिन्न व्यक्तिहरुले पनि विभिन्न विधामा अवार्ड दिने वन्तले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस !