सौराहा : सहमतिको प्रयासका लागि भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीका विभिन्न नेताहरुसँग छलफल गरेका कारण बन्दसत्र सुरु हुन सकेको छैन । विशेषगरी अध्यक्ष,उपाध्यक्ष र उपमहासचिवमा सहमतिको प्रयास गरिएपनि अहिलेसम्म कुरो मिलेको छैन ।

यता, बालकोट निकट स्रोतले भने सहमतिको निम्ति सयौं पटक पहल गर्दा पनि निश्कर्ष ननिस्केपछि अध्यक्ष केपी शर्मा ओलीको तजबिजमा तय गरिएका भनिएका पदाधिकारीहरु, केन्द्रीय समिति सदस्य र विभिन्न आयोगका सदस्यको नामावली आजै अबेर राति पढेर सुनाइने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !