काठमाडौँ : देशभर थप १० हजार २५४ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । २० हजार १८७ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ८ हजार २१२ तथा एन्टिजेन विधिबाट २ हजार ४२ जनामा सङ्क्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १६ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएका छन् ।

हालसम्म देशमा ११ हजार ६ सय ५१ जना सङ्क्रमितले ज्यान गुमाइसकेका छन् । यही अवधिमा थप ७०८ जना सङ्क्रमणमुक्त पनि भएका छन् । नेपालमा कूल सङ्क्रमितमध्ये ८ लाख २० हजार २८३ जना सङ्क्रमणमुक्त भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस !