गण्डकी : १९ यात्रुसहित पोखराबाट जोमसोम उडेको तारा एयर मुस्ताङको लेते नजिकै टिटी भन्ने स्थानमा दुर्घटना भएको आशंका गरिएको छ । जिल्ला प्रहरी कार्यालय मुस्ताङका डीएसपी रामकुमार दानीले टिटीमा ठूलो आवाज आएको भनेर स्थानीयले प्रहरीलाई खबर गरेको जानकारी दिए । ‘टिटीमा ठूलो आवाज आएको भनेर हामीलाई खबर आएको छ । आइतबार विमान १० बजेर १५ मिनेटमा पाेखराबाट जोमसोमका लागि टेकअफ भएको थियो ।

तारा एयरको ‘एईटी’ ट्विनअटर विमान लेते क्रस भएर धौलागिरि मोडिएपछि सम्पर्क बिहिन भएको बताइएको छ । बिमानको खोजीका लागी सुरक्षाकर्मीलाई स्ट्याण्डबाई राखिएको छ । विमानमा ३ जना चालक दलका सदस्य सवार थिए ।

विमानमा इन्द्र बहादुर गोले, पुरुषेत्तम गोले, राजन कुमार गोले, मिक ग्र्याट, बसन्त लामा, गणेश नारायण श्रेष्ठ, रवीना श्रेष्ठ, रस्मी श्रेष्ठ, रोजिना श्रेष्ठ, प्रकाश सुनुवार, मकर बहादुर तामाङ, राममाया तामाङ, सुकुमाया तामाङ, तुल्सादेवी तामाङ, अशोक कुमार त्रिपाठी, धनुष त्रिपाठी, ऋतिका त्रिपाठी, युवी विल्नर र वैभवी बाण्डेकर सवार थिए । यस्तै विमान क्याप्टेन प्रभाकर घिमिरेले उडाएका थिए भने सहचालक उत्सव पोखरेल र एयर होस्टेस किस्मी थापा थिइन् ।

प्रतिक्रिया दिनुहोस !