
काठमाडौँ । प्रमुख दलका तीन शीर्ष नेताबीच सोमबार भेटवार्ता भएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भइरहेको हो ।
तीन नेताहरुबीच सीमालगायत अन्य राष्ट्रिय महत्वको विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सेनाले बताए । बैठकमा शीर्ष नेताहरू सहभागी भएपनि सत्ता साझेदारीका छलफल नहुने तिमिल्सेनाले दाबी गरे ।
‘सीमाको व्यवस्थापनसहित अन्य राष्ट्रिय महत्वको विषयमा छलफल गर्न बैठक बोलाएको छ । अन्य सरोकारवाला निकायहरुसहित सबै पार्टीका शीर्ष नेताहरू सहभागी हुनुहुन्छ । राष्ट्रिय महत्वको विषय भएकाले सबैलाई बोलाएको हो’ तिमिल्सेनाले भने ।