दोहा- नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज बिशेष कार्यक्रमका लागि लोक दोहोरी गायिका हरिदेबी कोईराला र शिलु भट्टराई कतार अाउने भएका छन ।

कोईराला कास्कि अादर्श सेवा समाज कतारले अायोजना गरेको तिज विषेश कार्यकका लागि कतार अाउन लागेकी हुन भने भट्टराई गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, कतारले अायोजन गरेको तिज विषेश कार्यक्रमका लागि अाउने भएकी छिन ।

अागामी १४ सेप्टेम्बर का दिन हुने दुबै कार्यक्रम कोईरालले सालिमार रेष्टुरेन्टको सभाहलमा अाफ्नो तिजको धमाकेदार प्रस्तुती दिनेछिन भने भट्टराईले गल्फ प्याराडाईज होटलको सभाहलमा अाफ्नो प्रस्तुति दिने भएकी छिन ।

तर कतारमा रहेका करिब ४ लाख नेपालीलाई भने उक्त कार्यक्रमको समय एकै भएकोले कार्यक्रम कुन चाहिँ हेर्ने भन्ने दुबिधा उत्पन भएको छ । स्थानिय समयअनुसार दिनको १२ बजे देखि सुरूहुने दुबै कार्यक्रमको तयारी पूरा भएको उक्त अायोजक संस्थाहरूले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस !